३ कार्तिक २०८१, शनिबार | October 19, 2024

सस्कृतिविद डा.जगमान गुरुङ विभुषित


0
Shares

काठमाडौं, २ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलबाट सस्कृतिविद डा.जगमान गुरुङ विभूषित भएका छन् ।

विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले सस्कृतिविद गुरुङलाई सुप्रिसद्ध सुप्रबल जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान गरेका हुन् । नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको थियो ।

यस वर्ष नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइराला, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् ।

प्रतिक्रिया