‘देउवा केवल व्यक्ति होइन, लोकतन्त्रवादी आस्थाको धरोहर भएर फर्किंदैछन्’
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्लेले निवर्तमान पार्टी सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीलाई केवल एक नेताको आगमनका रूपमा नहेरी लोकतन्त्र र कांग्रेसको भविष्यसँग टिप्पणी गरेका छन्।
उपचारका क्रममा लामो समय विदेशमा रहेका सभापति देउवा २०८३ श्रावण २८ गते स्वदेश फर्कि लागेको उल्लेख गर्दै काफ्लेले उनलाई हार्दिक स्वागत गरेका छन्। उनले देउवामाथि नियोजित रूप सांघातिक आक्रमण भएको र त्यसपछि उपचारका लागि विदेशमा रहनुपरेको बताएका छन्।
काफ्लेको टिप्पणीमा देउवाको स्वागतभन्दा बढी पछिल्लो समय कांग्रेसभित्र देखिएको शक्ति संघर्ष, गुटगत राजनीति र पार्टी नेतृत्वमाथि भएका कथित षड्यन्त्रप्रति तीखो असन्तुष्टि झल्किएको छ।
उनले देउवामाथि पछिल्लो समय ठूलो अपमान र षड्यन्त्रु भएको दाबी गर्दै पार्टीको आन्तरिक जीवनमा शक्तिकेन्द्रको आडमा चलखेल गरिएको आरोप लगाएका छन्। सभापति देउवा मात्रै नभई सिंगो कांग्रेसलाई धरासायी बनाउने गरी गतिविधि सञ्चालन गरिएको उनको जिकिर छ।
रातारात पार्टी कब्जा गर्ने प्रपञ्च रचियो
काफ्लेले कांग्रेसभित्रको मेलमिलाप र एकताको मौलिक मान्यतामाथि नै प्रहार भएको दाबी गरेका छन उनले पार्टी कब्जा गर्ने उद्देश्यसहित ुसेटिङु गरेर रातारात परिस्थिति बदल्ने प्रयास भएको आरोपसमेत लगाएका छन्।
लोकतन्त्रको मर्ममाथि प्रहार गर्न कांग्रेसभित्रै पात्रहरू तयार पारिएको र देउवाको राजनीतिक तेजोबध गर्न लोकप्रियतावादको खेती गरिएको उनको आरोप छ।
उनका अनुसार मुलुक र लोकतन्त्र कमजोर भएको परिस्थितिको फाइदा उठाउँदै कांग्रेसभित्र विभाजनको बीउ रोप्ने प्रयास भयो। देउवामाथि भ्रष्टाचारदेखि अपराधसम्मका आरोप लगाएर तर्साउने र राजनीतिक रूपमा लखेट्ने प्रयास गरिएको काफ्लेको दाबी छ।
त्यसैगरी, कांग्रेसको नियमित महाधिवेशनको प्रक्रि। जवरुद्ध गरी विशेष महाधिवेशनका नाममा गार्टीलाई विभाजनलाई धक्केल्ले रागारा शाको पनि उनले आगेग लगाएका छन।
लडाइँ देउवाविरुद्ध मात्रै थिएन, लोकतन्त्रविरुद्ध थियो
काफ्लेले पछिल्ला गतिविधिलाई देउवामाथिको व्यक्तिगत आक्रमणका रूपमा मात्र नहेर्न आग्रह गरेक छन्। उनका अनुसार कांग्रेसको संस्थागत स्वरूप, स्वाभिमान र लामो राजनीतिक संघर्षबाट स्थापित लोकतान्त्रिक अधिकारमाथि नै प्रहार गर्ने प्रयास भएको हो।
उनले लेखेका छन्, ‘यी सबै गतिविधि काँग्रेस सक्ने मात्रै थिएनन्, मुलुकमा लामो संघर्षबाट स्थापित जनअधिकार र लोकतन्त्रको अन्त्यका निम्ति थिए।’
यही कारण देउवाको स्वदेश फिर्तीलाई उनले कांग्रेसको आन्तरिक राजनीतिमा मात्रै सीमित नराखी लोकतन्त्रवादी शक्तिका लागि अर्थपूर्ण घटनाका रूपमा चित्रण गरेका छन्।
देउवा साधारण मानिस बनेर फर्किंदै छैनन्
काफ्लेले देउवा अब केवल एक व्यक्ति वा कांग्रेस सभापतिको हैसियतमा नेपाल फर्किन लागेको नभई सिंगो मुलुक, लोकतन्त्र र लोकतन्त्रवादीका लागि अटल आस्था र विश्वासको धरोहर बनेर फर्किन लागेको बताएका छन्।
समय र परिस्थितिले खोजेको अवस्थामा देउवाको उपस्थितिले मुलुक र लोकतन्त्रका लागि ‘सञ्जीवनी’को काम गर्ने दाबी गर्दै उनले देउवाको भव्य स्वागतका लागि कांग्रेसजन मात्रै नभई लोकतन्त्रवादीहरू नै उत्साहित भएको संकेत गरेका छन्।
काफ्लेको यो अभिव्यक्तिले देउवाको स्वदेश फिर्तीसँगै कांग्रेसभित्रको शक्ति संघर्ष फेरि सतहमा आउने र पार्टीको आगामी राजनीतिक दिशा तथा नेतृत्वलाई लिएर बहस थप पेचिलो बन्न सक्ने संकेत गरेको छ।


