२९ श्रावण २०८३, शुक्रबार | August 14, 2026

संसदीय समितिमा मर्यादित भाषा प्रयोग गर्न रुलिङ


August 14, 2026
0
Shares

काठमाडौं । सांसदहरूको बोली नियन्त्रण गर्न आज संसदीय समितिमा रुलिङ नै गरिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सभापति समीक्षा बास्कोटाले बैठकमा बोल्दा मर्यादित भाषा प्रयोग गर्न निर्देशन दिएकी छन् ।

समितिमा निम्त्याइएकाहरू विभिन्न निकायका महत्वपूर्ण जिम्मेवारीमा रहेको साथै सांसदहरूले प्रयोग गर्ने शब्द र गर्ने व्यवहारमा आम चासो हुने बास्कोटाको भनाइ छ ।

सम्बन्धित विषयमा मात्र बोल्न र बोल्दा भाषाशैलीमा सचेत र संवेदनशील बनिदिन बास्कोटाले आग्रह गरेकी छन् ।

संसदीय समितिमा सत्ताधारी सांसदहरू नै प्रश्न सोध्ने क्रममा र आफ्नो भनाइ राख्दा अमर्यादित रूपमा प्रस्तुत भइरहँदा नियन्त्रणका लागि सभापतिले मुख नै फोर्नुपरेको हो ।

आज कानुन समितिमा देशभरका हिरासत र जेलमा रहेका कैदीबन्दीहरूको मानव अधिकार अवस्थाबारे गृह र सुरक्षा अधिकारीसँग छलफल छ ।

बैठकमा कानुनमन्त्री सोबिता गौतम, गृहमन्त्री सुधन गुरुङ, आईजीपी दानबहादुर कार्कीलगायत उपस्थित छन् ।

प्रतिक्रिया