१२ पुस २०८१, शुक्रबार | December 27, 2024

वरिष्ठ संगितकार आलोकश्री विभुषित


0
Shares

काठमाडौं, २ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलबाट वरिष्ठ संगितकार आलोक श्री विभूषित भएका छन् । विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई शुक्रबार मानपदवी, अलंकार र पदकबाट सुशोभन गर्नेक्रममा राष्ट्रपति पौडेलले संगितकार आलोक श्रीलाई सुप्रबल जनसेवाश्री पदकबाट सुशोभित गरेका हुन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति पौडेलले उक्त मानपदवी, अलंकार र पदक शुक्रबार प्रदान गरेका हुन् । नेपालको संविधानको धारा २७७ (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा असोज ३ गते विभूषण घोषणा गरिएको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट मानपदवी, अलंकार र पदक गरी विविध क्षेत्रका व्यक्तिहरूलाई विभूषण दिने घोषणा गरिएको थियो ।

यस वर्ष नेपाल रत्न दिवंगत पूर्वप्रधानमन्त्री सुशील कोइराला, राष्ट्र गौरवबाट दिवंगत राजनीतिज्ञ जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशी विभूषित भएका छन् । सुप्रिसद्ध प्रबल जनसेवाश्रीबाट संस्कृतिविद् डा जगमान गुरुङ पनि विभूषित भएका छन् ।

विभूषित आलोकश्री विगत तीन दशकभन्दा लामो समयदेखि नेपाली सांगितिक क्षेत्रमा सक्रिय छन् । उनले पछिल्ला केही वर्ष यता होटल व्यवसाय पनि सुरु गरेका छन् ।

प्रतिक्रिया