२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै ठगी


0
Shares

काठमाडौं,३० चैत्र । अमेरिका तथा कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पुरुष पक्राउ परेका छन् । रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–१४ घर भई बुढानिलकण्ठ नगरपालिका कपन बस्ने ४२ वर्षीय पवन राणालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनले सयौँजना व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि सहजै अमेरिका तथा दक्षिण कोरिया पठाईदिन सक्छु भन्दै प्रलोभनमा पारी पीडितहरुबाट करोडौँ रकम लिएर सम्पर्क बिहीन भई ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई बुढानिलकण्ठ कपनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि उक्त विभागमा पठाइएको छ ।

 

प्रतिक्रिया