न्यायाधीश भुवन गिरी पक्राउ, वैवाहिक बलात्कारको आरोप

काठमाडौं,२८ चैत्र । न्याय परिषदका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएपछि पक्राउ परेका हुन् ।
कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न अनुमति दिएपछि गिरी सामाखुसीबाट आज पक्राउ परेका हुन् ।
गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका हुन् । प्रहरीले पार्वतीकै कोठाबाट गिरीलाइ पक्राउ गरेको जनाएको छ ।