३ आश्विन २०८१, बिहिबार | September 20, 2024

गुन्डानाइके चक्रे मिलनको बडीगार्ड बोगटी पक्राउ


0
Shares

काठमाडौं, २८ चैत्र । गुन्डा नाइके चक्रेमिलन (मिलन गुरुङ)को बडी गार्ड गणेशबहादुर बोगटीलाई प्रहरीले पक्राउ गरेको छ । एक होटलमा हतियार प्रदर्शन गरेको अभियोगमा मिलनको सहयोगी बोगटी पक्राउ परेका हुन्

नेपालगन्जका स्थानीय बोगटीले सामाजिक सञ्जालमा पोइन्ट टुटुु हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए । राष्ट्रिय युवा संघको महाधिवेशनमा भाग लिन पुगेका चक्रे मिलनसँग बन्दुक बोकेर हिडेको भिडियो बोगटीले टिकटकमा सेयर गरेपछि उनी पक्राउ परेका हुन् ।

हतियारको लाइसेन्स लिएपनि प्रदर्शन गर्न नपाइने प्रहरी बताउँछ । नेपालगन्जमा युवासँघको महाधिवेशन जारी छ ।

प्रतिक्रिया