३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सेनामा भर्ती गर्ने र शान्तिसेना पठाइदिने भन्दै लाखौं ठगी गर्ने किरण शाही को हुन् ?


0
Shares

काठमाडौं, २५ चैत्र । नेपाली सेना र नेपाल प्रहरीमा जागिर लगाइ दिने र शान्ति सेना पठाइदिने भनी किरण शाही ठकुरीले मोटो रकम ठगी गरेको पीडितले खुलासा गरेकी छिन् । जाजरकोट स्थायी ठेगाना बताउने शाहीले जाजरकोटकी लक्ष्मी सुनुवारलाई विश्वासमा लिएर ४८ लाख भन्दा बढि रकम ठगी गरेका हुन् ।

राजधानीमा आज पत्रकार सम्मेलन गर्दैै उक्त घटना बाहिर ल्याएकी हुन् । जाजरकोट नै घर बताउने शाहीसँग सामान्य चिनजान रहेको पीडित सुनुवार बताउँछिन् । आफ्नो श्रीमान पनि नेपाली सेनाको जागिरे रहेको बताउने उनले शाहीले पाँचजनालाई शान्ति सेनामा पठाउने भन्दै प्रतिव्यक्तितीनलाखको दरले पैसा ठगी गरेको बताईन् । शाहीले दोलखाको जिरी घर बताउने रामकृष्ण थापालाई उक्त पैसा दिन भनेको पीडित सुनुवारको दाबी छ ।

‘मलाई किरण शाही ठकुरीले तपाईँहरुको कोही आफन्त छ भने शान्ति सेना पठाइदिन्छु भन्नुभयो । त्यसपछि उहाँले मेरो श्रीमान लगायतपाँच जनाबाट तीन÷तीनलाख पैसा शान्ति सेना पठाउँछु भनेर उठाउनु भयो ।उहाँले अर्को सरसँग कुरा गराउनुभयो । पैसालिएर आउनभन्नुभयो । एक वर्षपछि मात्रै पालो आउँछ भन्नुभयो,’– पीडित सुनुवारले भनिन् ।

शान्ति सेनामा पठाउन एक वर्षको समय लाग्ने उनीहरुले बताएको पीडितको भनाई छ । शान्ति सेनामा पठाउनका लागि पैसा बुझाएपछि सेनामाभर्ती खुलेपछि कोहीभए पठाउनका लागिआफूलाई उक्तगिरोहले भनेको उनले बताईन । पीडित सुनुवारकै मध्यस्थतामाउक्तगिरोहले सेनामाभर्ना गरिदिने भन्दै सुनिलविक, सन्देश सुनुवार, मोहन घर्ती, अर्जुन बुढा, दीपक नेपाली, रेशम नेपालीलाई सेनामाभर्ती गरिदिनेभन्दै प्रतिव्यक्ति ३ लाखर प्रहरी जवानमाभर्ती गरिदिने भन्दै शान्ति परियार, समीर खत्री, सुदीपविक, नवीनविक, सुरज यादवलगायतकाव्यक्तिहरुसँग पैसा लिएको पीडितको दाबी छ ।
‘उहाँले कोही मान्छे छन् भने ल्याउनुस् भन्नुभयो । उहाँले हाकिमको कोठाबाट हाल्ने मान्छे हो । तपाईँहरुलाई तालिममा पठाउँछौं भन्नुभयो । तीन/तीनलाखको दरले मैले पैसा पठाएँ । मंसिरमा पैसा पठाएको उहाँले चुनाव पछिमात्रै भन्नुभयो । त्यसपछिहाम्रो सरकार ढल्ने भयो । मिलाउनपर्यो भन्नु भयो ।अहिले उहाँ सम्पर्कविहीन हुनुहुन्छ,’–उनले भनिन् ।

ठगी गिरोहले आफूलाई नौ लाखको चेक दिएकोसमेत उनले बताईन् । उनीहरुले कहिले काहीफोन गरेर मुद्दा मामिलानगर्न दवाबदिने गरेको पीडितको भनाई छ । आफू अब पीडकविरुद्ध कानुनीकारबाहीमाजानतयार रहेको उनले बताईन् ।

‘कहिले काहीफोन गरेर मुद्दा हाल्ने कामनगर्नु, हाम्रो सरकार बन्दैछ, मिलाउँछु भन्नुहुन्छ । उहाँले नौ लाखको चेकसमेत फिर्ता गर्नुभएको छ,’– पीडित सुनुवारले बताईन् ।

प्रतिक्रिया