३ आश्विन २०८१, बिहिबार | September 20, 2024

उपनिर्वाचन हुने यी जिल्लामा आजदेखि आचारसंहिता लागु हुने


0
Shares

काठमाडौं, २४ चैत्र । आजदेखि उपनिर्वाचन हुने बारा, चितवन र तनहुँमा आचारसंहिता लागू हुँदैछ ।

चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनिर्वाचन प्रयोजनार्थ आचारसंहीता लागू हुने निर्वाचन आयोग र निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको बैठकले निर्णय गरेको हो ।

आचारसंहिता उल्लंघन भए उल्लंघनकर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने पनि जनाएको छ ।

केही आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश र स्थानीय तह लगायत सबैलाई लागू हुनेछ ।

विभिन्न कारणले रिक्त रहेका तीन जिल्लाका क्षेत्रहरुमा आगामी बैशाख १० गते उपनिर्वाचन हुन लागेको हो ।

 

प्रतिक्रिया