२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


0
Shares

काठमाडौं, १९ चैत्र । नेपाली कांग्रेसको आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ छ । मन्त्रीका आकांक्षी धेरै भएपछि व्यवस्थापन गर्न सभापति शेरबहादुर देउवालेले आइतबार बिहान १० बजेका लागि बैठक बोलाएका हुन् ।

कांग्रेससहितको गठबन्धन सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे पनि कांग्रेसले आफ्नो भागमा परेका सबै मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । गठबन्धनमा कांग्रेसका भागमा ८ मन्त्रालय परेपनि शुक्रबार चार जनाले मात्रै जिम्मेवारी सम्हालेका छन् ।

कांग्रेसका भागमा परेका अन्य मन्त्रालय अझै पनि खाली छन् । पार्टीभित्र मन्त्रीका आकांक्षीको व्यवस्थापन गर्न नसक्दा र गुटगत रूपमा नेता शेखर कोइराला पक्षले सम्मानजनक ठाउँ नदिएको भन्दै नाम नदिएपछि सभापति देउवाले आफूनिकट चार नेतालाई मात्रै मन्त्री बनाएका हुन्।

प्रतिक्रिया