१२ श्रावण २०८१, शनिबार | July 27, 2024

तनहुँ –१ मा सर्वेन्द्र खनाल, चितवन –२ मा न्यौपाने एमालेको उम्मेदवार


0
Shares

काठमाडौं, चैत १८ गते । नेकपा (एमाले) ले आगामी वैशाख १० गते हुने चितवन क्षेत्र २ र तनहुँ क्षेत्र १ को उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको  छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले सो निर्णय गरेको हो ।

निर्णयअनुसार चितवन क्षेत्र २ को उपनिर्वाचनमा रामप्रसाद न्यौपाने र तनहुँ क्षेत्र १ को उपनिर्वाचनमा सर्बेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको सम्बन्धित निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश कमिटीको सिफारिसमा दुवैलाई उपनिर्वाचनमा उम्मेदवार बनाउने निर्णय छ

एमालेले बारा क्षेत्र २ को उपनिर्वाचनका लागि भने भोलि आइतबार मात्र उम्मेदवार तय गर्ने जनाएको छ ।

त्यसैगरी एमालेले मिटर ब्याज पीडितहरूको समस्या समाधानका लागि ठोस, सार्थक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।

बैठकले अप्रिल २२ नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसबाट लागू हुनेगरी पार्टीको वार्षिक कार्यक्रम बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि आवश्यक सुझाव दिन पार्टीका सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यहरूलाई बैठकले निर्देशन दिएको छ । सो दिन नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ औँ वर्ष प्रवेश हुँदैछ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया