१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ


0
Shares

काठमाडौं,१३ चैत्र । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी धनकुटा, धनकुटा नगरपालिका–६ घर भई काठमाडौं महानगरपालिका–११ बस्ने ६५ वर्षीय महेन्द्र नारायण श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ४ दिन कैद र १४ लाख ४८ हजार ७ सय २८ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले ललितपुर भैसेपाटीबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय नख्खु ललितपुर पठाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया