२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

गण्डकी प्रदेशमा चैते दशैंमा सार्वजनिक बिदा


0
Shares

पोखरा, १३ चैत्र । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा आगामी चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश राजपत्रमा पनि उल्लेख भएको सो विदा दिने निर्णय आन्तरिक मामिला तथा कानून मन्त्रालयले मन्त्रिपरिषद्को विसं २०७८ चैत १८ गते गरेको हो ।

प्रदेशभरका सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा रहेको मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

 

 

प्रतिक्रिया