३१ भाद्र २०८१, सोमबार | September 17, 2024

माओवादीका मन्त्रीहरुको जिम्मेवारी हेरफेर हुँदै, नारायणकाजी श्रेष्ठ गृहमन्त्री


0
Shares

काठमाडौं, १२ चैत्र । नेकपा माओवादी केन्द्रले आफ्ना मन्त्रीहरुको जिम्मेवारी हेरफेर गर्ने भएको छ । उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ अब उपप्रधानसहित गृहमन्त्री बन्ने स्रोतले जनाएको छ ।

नेपाली कांग्रेसले अर्थमन्त्रालय र गृह एवं सञ्चार मन्त्रालय माओवादी आफैले लिने सहमति जुटेको हो । श्रेष्ठले आज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । भौतिक पूर्वाधार मन्त्रालयबाट बिदा हुने भएपछि पत्रकार सम्मेलन गर्न लागेपनि मन्त्रालयले भने १०० दिनमा गरेको काम र सुरुवात भएको कामका बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेको जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी पाएका अमनलाल मोदीलाई सहरी विकास वा उर्जा मध्ये एक मन्त्रालयमा पठाउने तयारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । तर, सञ्चारमन्त्री रेखा शर्माको भने जिम्मेवारी यथावत रहने जनाइएको छ ।

 

प्रतिक्रिया