३ आश्विन २०८१, बिहिबार | September 19, 2024

भारत, अफगानिस्तान र पाकिस्तानमा भूकम्पको झट्का


0
Shares

एजेन्सी, ८ चैत्र । भारत, अफगानिस्तान र पाकिस्तानमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ । समाचार एजेन्सी एएनआईका अनुसार पाकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्पमा परि दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

६.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु अफगानिस्तानको जुर्मबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको थियो । भूकम्प करिब १९० किलोमिटर गहिराइमा थियो । पाकिस्तानको मौसम विभागका अनुसार मंगलबार पाकिस्तानका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार अफगानिस्तान र भारतको राजधानी दिल्लीलगायत देशका केही भागमा भूकम्पको धक्का महसुस गरिएको थियो ।

पाकिस्तानमा पनि शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको थियो । प्रदेशमा छाना, पर्खाल र घर भत्किँदा दुई जनाको मृत्यु भएको छ भने आठ घरमा आंशिक क्षति पुगेको छ ।

प्रतिक्रिया