२३ भाद्र २०८१, आइतबार | September 8, 2024

आयोगद्धारा बैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान


0
Shares

काठमाडौं, ७ चैत्र । निर्वाचन आयोगले आगामी बैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले विभिन्न कारणले रिक्त रहेका प्रतिनिधि सभा सदस्य पदका लागि हुन लागेको उपनिर्वाचनका लाग दल दर्ता गर्न आह्वान गरेको हो ।

आयोगले चैत्र ८ गतेदेखि १२ गते कार्यालय समयभित्र सम्म दल दर्ताको समय निर्धारण गरेको छ । तनहुँ–१, चितवन–२ र बारा–२ मा प्रतिनिधि सभाका लागि उपनिर्वाचन हुँदैछ । तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपति भइसकेका छन् ।

त्यस्तै, चितवन २ बाट निर्वाचित रास्वपाका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भई पदमुक्त भएपछि उपनिर्वाचन हुन लागेको हो । यसैगरी, बारा २ का रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रहरुमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया