२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

पूर्वमन्त्री र मुख्यसचिवसहित तीन दर्जनविरुद्ध भ्रष्टाचारको मुद्दा दायर हुने


1.7k
Shares

काठमाडौं, २३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहिबारसम्ममा दुई पूर्वमन्त्री, मुख्यसचिवसहित हाइप्रोफाइलहरुमाथि भ्रष्टाचारको अभियोगमा मुद्दा दायर गर्ने भएको छ । अख्तियार स्रोतका अनुसार पूर्वमन्त्रीहरु ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, मुख्यसचिव बैकुण्ठप्रसाद अर्यालसहित एक दर्जनभन्दा बढीमाथि एकैपटक भ्रष्टाचारको मुद्दा दायर हुने भएको हो ।

कार्की, बस्नेत, अर्यालसहितमाथि टेरामक्स प्रविधि घोटालामा मुद्दा दायर हुन लागेको हो । अर्यालमाथि अकूत आइटी र टेलिकमसम्बन्धी अन्य विषयमा पनि मुद्दा दायर हुने भएको हो ।

अर्याल हाल अख्तियारको हिरासतमा रहेका विकल पौडेल र सुनिल पौडेलसँगको हिनामिनामा समेत मुछिएका छन् ।

टेरामक्स प्रविधिको घोटाला हुँदा ज्ञानेन्द्रबहादुर कार्की र मोहनबहादुर बस्नेत सञ्चारमन्त्री भएका थिए । उक्त घोटालाको समयमा सम्बन्धित मन्त्रालयमा जिम्मेवार पदमा रहेका सामान्य प्रशासनका सचिव विनोदप्रकाश सिंह, पूर्वकानून सचिव धनराज ज्ञवाली, नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरु दिगम्बर झा र पुरुषोत्तम खनालसहित तीन दर्जनमाथि भ्रष्टाचारको मुद्दा दायर हुने बुझिएको छ ।

प्रतिक्रिया