७ आश्विन २०८१, सोमबार | September 23, 2024

मुस्लिम बाहुल्य युएईमा बन्यो हिन्दू मन्दिर, लोकार्पणका साक्षी मोदी


February 15, 2024
1.2k
Shares

एजेन्सी, ३ फागुन । मुस्लिम बाहुल्य देश हो संयुक्त अरब इमिरेट्स । दुबई र अबू धाबी जस्ता विश्वकै प्रमुख शहर रहेको देशमा पहिलो हिन्दू मन्दिर बनेको छ ।

अबू धाबीमा भव्य हिन्दू मन्दिरको लोकार्पण बूधबार साँझ भएको छ । लोकार्पणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी प्रमुख अतिथि रहे । उनी सोही मन्दिरकै लोकार्पणका लागि युएई भ्रमणमा गएका हुन् ।

मोदीले अबू धाबीको उक्त मन्दिरको लोकार्पणको साक्षी बन्नु आफ्नो सौभाग्य भएको बताएका छन् । उनले भव्य श्रीराम मन्दिरको प्राण प्रतिष्ठा पनि उल्लेख गरेका छन् ।

मोदीले अबू धाबीको विशाल मन्दिर केवल एक उपासना स्थल मात्र नभई मानवताको साझा विरासत भएको उल्लेख गरेका छन् ।

हिन्दू सभ्यता र संस्कृतिको प्रभाव सँसारभर व्यापक बन्दै गएको छ । इशाई बाहुल्य पश्चिमा देश र इस्लाम बाहुल्य मध्यपूर्वका देशहरुमा पनि धमाधम हिन्दू मन्दिर बन्न थालेका छन् ।

प्रतिक्रिया