३ आश्विन २०८१, बिहिबार | September 20, 2024

विनौद चौधरी पक्राऊबाट यसरी जोगिए


February 13, 2024
3.2k
Shares

काठमाडौं, १ फागुन । बाँसबारी छाला जुत्ता कारखानको १० रोपनी जग्गा हडपिएको घटनामा अरुण चौधरी पक्राउ परी अदालतको आदेशले हाजिरी जमानीमा रिहा भइसकेका छन् । अरुणले यो घटनामा परेर बर्बाद भएको पीडा निकटस्थलाई पोखिसकेको बुझिएको छ ।

नयाँ भर्नाको समयमा उनको चाँदबाग स्कुल विवादमा परेको छ । उक्त स्कुल नै बाँसबारी छाला जुत्ताको हडपिएको जग्गामा छ । रोचक त यो छ कि आरजु देउवाको लगानी रहेको युलियन्सको अर्को शाखा पनि सोही स्कुल नजिकै खोलिएको छ ।

चौधरी परिवारमा व्यवसाय बाँडफाँड हुँदा चाँदबाग स्कुल र मारुती कम्पनीको डिलर अरुणलाई परेको थियो । तर, बाँसबारीको जग्गा हडप्ने अरुणले भन्दा विनोदले योजना बुनेका थिए त्यतिबेला । यही प्रकरणमा सीआइबीले विनोदलाई समेत पक्राउ गर्ने तयारी गरिसकेको थियो । उनीसँग बयान लिन पक्राउ गर्ने तयारी गर्दा नेपाली काँग्रेसको ठूलै शक्तिको दबाब थेगिनसक्नु भएको बुझिएको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले विनोदलाई पक्राऊ गर्दा काँग्रेसभित्र आफू अल्पमतमा पर्ने सम्मको विषय प्रचण्डलाई राखेको विश्वस्त स्रोतले बताएको छ । विनोदले कित्ता परिवर्तन गर्ने र केही सांसद समेत यताउता पार्ने बुझेपछि देउवा प्रचण्डमाथि दबाब बढाउन सफल भए ।

प्रचण्डले नारायणकाजी हुँदै सीआइबी निर्देशक किरण बज्राचार्यमाथि दबाब राखे । विनोद चौधरी आफू पक्राउ पर्ने भयले रातारात शक्तिकेन्द्रको दौडधूपमा लागेका थिए ।

यसैगरी, विनोदले विभिन्न ठाउँमा सरकारी र सार्वजनिक जग्गा हडपेको तथ्यहरु खुल्दै गएको छ । उनले नेपाल आयल निगमको अमलेखगञ्जको जग्गा समेत हडप्न खोजेका छन् ।

चौधरीले हाउजिङ चलाएको ठाउँमा पनि धेरै जग्गा सम्बन्धी विवाद छ । उनले सार्वजनिक जग्गा समेत अतिक्रमण गरेको उजूरीहरु परेको छ ।

चौधरी समूहले खरिद गरेको नेपाल ल्यूब आयलको जमिनबाहेक थप डेढ बिगाहा कब्जा गर्न खोजेको छ । कीर्ते कागजात राखेर उक्त जग्गा हडप्न चौधरीले चलखेल गरे ।

त्यसो त जग्गा प्राप्ती ऐनले जुन प्रायोजनका लागि सरकारी जग्गा अधिकरण भएको हो त्योबाहेकको काम गर्न खोजे फिर्ता गर्नुपर्ने उल्लेख छ । चौधरी ग्रुपले ल्यूब आयलको जग्गा आफ्नो स्वार्थमा प्रयोग गरिरहेको छ ।

प्रतिक्रिया