७ आश्विन २०८१, सोमबार | September 23, 2024

सुजाता कोइरालाले क्यान्सरको उपचाररत छोरी भेटिन्


February 5, 2024
498
Shares

काठमाडौं, २२ माघ । पूर्वउपप्रधानमन्त्री सुजाता कोइराला यतिबेला विदेशमा छिन् । उनी क्यान्सरको उपचाररत छोरीलाई भेट्न बेलायत पुगेकी हुन् ।

बेलायतमा उनकी छोरी मेलानिया उपचाररत छिन् । मेलानियामा क्यान्सरको संक्रमण पत्ता लागेपछि उपचार भएको हो । उनी क्यान्सरबाट मुक्त भई स्वस्थ हुँदै गएको बुझिएको छ ।

सुजाता पनि क्यान्सर भई उपचारपछि स्वस्थ भएकी हुन् । कोइराला परिवारमा धेरैलाई क्यान्सर देखिएको छ ।

मेलानियाले बँगलादेशी नागरिक रुबेल चौधरीसँग विवाह गरेकी हुन् । उनको एक छोरा र एक छोरी छन् । सुजाताले राखेको तस्बिरमा ज्वाईँ रुबेल, छोरी मेलानिया र नातिनी देखिन्छन् ।

प्रतिक्रिया