६ आश्विन २०८१, आइतबार | September 23, 2024

दाङ बस दुर्घटना : १२ मृतकमध्ये ८ जनाको सनाखत


January 13, 2024
166
Shares

काठमाडौं,२८ पुस । बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे१ख ३९१२ नम्बरको बस दाङ दुर्घटना हुँदा मृत्यु भएका मध्ये ८ जनाको सनाखत भएको छ ।

देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट बस शुक्रबार राति साढे १० बजेतिर तल राप्ती नदीमा खसेको थियो ।

एक महिला सहित १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका प्रहरीले जनाएको छ । मृतक १२ जनामध्ये २ भारतीय नागरिकसहित ८ जनाको सनाखत भएको छ । बाँकी ४ जनाको सनाखत भएको छैन । सनाखत नभएका चार जना मृतक पुरुष हुन् ।

नेपालगञ्जका ६० वर्षीया कुसम बस्नेत, मकवानपुर हेटौंडा बस्ने ३०÷३५ वर्षीय सौरभ बिष्ट, जुम्लाको चन्दननाथ–९ का ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामवरण हरिजन, रुकुम गोतामकोट–९ का २५ वर्षीय दीपक डाँगी, काठमाडौं चन्द्रागिरि नगरपालिका–१५ का ६५ वर्षीय ताराकान्त पाण्डे, भारत पूर्वी चम्पाटनमलाहीका ६७ वर्षीय योगेन्द्र राम र भारत उत्तरप्रदेश अतिकुल्ला खैरे बस्ने ३१ वर्षीय मुनेको पहिचान खुलेको हो । १२ वटै शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

बस पुलको रेलिङ भाँच्दै दायाँतर्फ राप्ती नदीमा खसेको छ । राप्ती नदी माथि बनेको यो पुलले दाङ र अर्घाखाँची जिल्लालाई जोड्छ ।

प्रतिक्रिया