नेपाली टोपी दिवस मनाइँदै
काठमाडौं, १६ पुस । आज नेपाली टोपी दिवस । सँसारभर रहेका नेपालीहरुले ११औं नेपाली टोपी दिवस मनाइरहेका छन् ।
अंग्रेजी नयाँ वर्षलाई नेपाली टोपी दिवसका रुपमा मनाइँदै आइएको छ । विशेषगरी विदेशमा रहेका नेपालीहरुले नेपाली टोपी दिवसलाई विशेष महत्वका साथ मनाउने गरेका छन् ।
विश्वमै नेपाली टोपीको पृथक महत्व छ । नेपालीको पहिचान नै टोपीले पनि दिने गरेको छ ।