४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

महिला लिएर होटल पसेका पुरुषको १० मिनेटमै मृत्यु


December 27, 2023
166
Shares

जनकपुरधाम,११ पुस । सिरहाको मिर्चैया बजारको एक होटलमा पुरुष मृत अवस्थामा भेटिएका छन् ।

बजारको ओखलढुङ्गे गिरी होटलमा महिलासँगै बसेका सिरहाकै कल्याणपुर नगरपालिका–२ का अन्दाजी ४० वर्षीय मुकेशप्रसाद कर्णको आज मृत्यु भएको प्रहरीले जनाएको छ । उनी एक महिला लिएर बुधबार होटल पुगेका थिए ।

प्रहरीको अनुसार होटलको कोठामा पुगेको केहीबेरमै युवकको मृत्यु भएको हो । प्रहरीका अनुसार कोठामा गएको १० मिनेट नबित्दै महिला रुँदै तल आएपछि होटल सञ्चालकसहितले उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा लगेका थिए । उनको त्यही मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक कर्णसँग होटल पुगेकी महिलाको पहिचान प्रहरीले खुलाएको छैन । महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया