५ आश्विन २०८१, शनिबार | September 21, 2024

बन्दी छाड्दा इजरायलले किन छान्यो वृद्धवृद्धा


November 26, 2023
1.2k
Shares

एजेन्सी, १० मंसिर । इजरायल र हमासबीच अल्पकालीन युद्धविराम हुँदा बन्दी छाड्ने प्रक्रिया चलेको छ । यस क्रममा इजरायलले वृद्धवृद्धालाई प्राथमिकतामा राखी छाड्न लगाएको छ । प्यालेस्टाइनीका तर्फका महिला र युवाहरु छाड्न मागिएका छन् ।

इजरायली बन्दीहरुमध्ये अधिकांश ७० वर्ष नाघेका छन् । केही महिला साना बालबालिकाका आमा छन् ।

इजरायलको जेलबाट रिहा गरिएका ३९ प्यालेस्टाइनी बन्दीमध्ये २४ महिला र १५ किशोरहरु रहेका छन् । उनीहरु इजरायलले बन्दी बनाएका प्लालेस्टाइनका तीन सय महिला र किशोरहरुमध्येबाट छानिएका हुन् ।

बन्दी छाड्ने क्रममा इजरायलले व्हीलचेयरमा चल्ने वृद्धालाई समेत छानेको छ ।

हमासको आक्रमणका क्रममा इजरायलीहरु बन्दी बनाइएका थिए ।

प्रतिक्रिया