६ आश्विन २०८१, आइतबार | September 22, 2024

को हुन् कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्की ?


October 14, 2023
0
Shares

काठमाडौं, २७ असोज । २०३० साल पुष ७ गते जन्मिएका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेकपा एमालेका ४० र कांग्रेसका ८ जना सांसदको समर्थनमा आज नियुक्त भएका कार्की आमा स्व.ईश्वरी र पिता प्रेमबहादुर कार्कीको कोखबाट जन्मिएका हुन् ।

कार्की विद्यालय कालदेखि नै राजनीतिमा होमिएका थिए । उनी जनता उच्च माध्यमिक विद्यालय मधेसामा २०४४ सालमा नेपाल विद्यार्थी सङ्घको सभापति भएका थिए । उनले विद्यालय स्तरको शिक्षापछि उनको उच्च शिक्षा विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट भएको थियो ।

कार्की सोही क्याम्पसमा २०५२ सालमा नेविसङ्को क्याम्पस एकाइ सभापति हुँदै २०५९ सालमा नेविसङ्घ क्षेत्रीय सभापति भए । त्यसपछि उनी जिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

कार्की २०६३ सालमा नेवि सङ्घको केन्द्रीय सदस्य भएका थिए । उनले स्नातकोत्तर सम्मको शिक्षा हासिल गरेका छन् ।

नेपालमा सङघियता कार्यान्वयनमा गएसँगै तत्कालिन नम्बर १ को पहिलो प्रदेश सभामा मोरङको क्षेत्र नम्बर ६ को २ बाट प्रदेश सभामा निर्वाचित भएका थिए । नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका कार्की संसदीय दलको प्रमुख सचेतकमा नियुक्त भए । कार्की २०७८ कार्तिक दोस्रो प्रदेश सभाको निर्वाचन सम्म कोशी प्रदेशको को आन्तरिक मामिला तथा कानुन मन्त्रीको भए ।

प्रतिक्रिया