५ आश्विन २०८१, शनिबार | September 21, 2024

इजरायलको निशानामा सिरिया, दमास्कस र एलेप्पो एयरपोर्टमा हवाई आक्रमण


October 12, 2023
0
Shares

एजेन्सी,२५ असोज । इजरायल र हमासबीच विगत केही दिनदेखि युद्ध चलिरहेको छ । यस युद्धमा दुवै पक्षबाट हजारौं मानिसले ज्यान गुमाएका छन् । हमासले गरेको युद्धपछि इजरायल अहिले आक्रामक बनेको छ । इजरायलले सिरियाका दुई विमानस्थललाई पनि निशाना बनाएको छ ।

इजरायलले राजधानी दमास्कस र एलेप्पो अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई आक्रमण गरेको सिरियाली स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमणपछि धावनमार्गमा क्षति पुगेको र काम रोकिएको छ । स्थानीय समाचार एजेन्सी सानाले सैन्य अधिकारीहरूले आक्रमणमा कुनै हताहत नभएको बताएको छ। इजरायली सेनाले टिप्पणी गर्न अस्वीकार गर्यो।

प्यालेस्टाइनी समूह हमासले इजरायलमा गरेको घातक हमलापछि सिरियामा इजरायलले गरेको यो पहिलो आक्रमण हो। इरानका विदेशमन्त्री सिरियाको अस्थिर अवस्थालाई लिएर अधिकारीहरूसँग भेट्न त्यहाँ जान लागेका हुन् । यो हमला बैठकको एक दिन अघि भएको थियो।

इजरायलले इरानबाट तेहरान समर्थित लेबनानको हिजबुल्लाह लगायतका आतंकवादी समूहहरूलाई हतियारको ढुवानी रोक्न विमानस्थल र बन्दरगाहलाई निशाना बनाएको बताइएको छ। इजरायलले सिरियाको सरकारी नियन्त्रित क्षेत्रहरूमा यसअघि पनि सयौं हमला गरिसकेको छ।

प्रतिक्रिया