४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

कोष व्यवस्थापन कम्पनीको अध्यक्षमा श्रेष्ठ


October 12, 2023
83
Shares

काठमाडौं,२५ असोज । कृषि विकास बैंकबाट संस्थापित, प्रवद्धित तथा व्यवस्थित कोष व्यवस्थापन कम्पनी लिमिटेडको अध्यक्षको जिम्मेवारी उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले  पाउनुभएको छ ।

बुधबार कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रममा निवर्तमान अध्यक्ष प्रताप सुवेदीलाई बिदाई गर्दै बैंकका उपमहाप्रबन्धक श्रेष्ठलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

कार्यक्रममा उपमहाप्रबन्धक सुवेदीले आफ्नो अनुभवसहितको धारणा राख्नुभएको थियो । नवनियुक्त अध्यक्ष श्रेष्ठले जिम्मेवारी सम्हाल्दै आफूप्रति संस्थाले विश्वास गरेको भन्दै धन्यवाद दिनुभयो ।

प्रतिक्रिया