विश्वास कार्की ललितपुर निर्माण व्यवसायी संघको सदस्यमा सर्वसम्मत निर्वाचित

ललितपुर, २० असोज । युवा व्यवसायी विश्वास कार्की ललितपुर निर्माण व्यवसायी संघको सदस्यमा सर्वसम्मतले निर्वाचित भएका छन् । शनिबार चौधौं साधारण तथा सातौं अधिवेशनबाट कार्की निर्वाचित भएका हुन् ।
कार्की निर्माण क्षेत्रमा डेढ दशकभन्दा बढी समययता सक्रिय छन् । उनी पर्यटन व्यवसायीका रुपमा पनि परिचित छन् । हेभि इकुपमेन्ट क्षेत्रमा पनि कार्कीको लगानी छ ।
ललितपुरको महालक्ष्मी नगरपालिका विष्णुडोलका कार्कीले उद्योग व्यवसायमार्फत् राष्ट्रसेवा गर्दै आएका छन् । उनले ठूलो संख्यामा रोजगारी सृजना गरिरहेका छन् ।