६ आश्विन २०८१, आइतबार | September 22, 2024

दुई समुदायबीच तनाव, सर्लाहीको मलंगवामा कर्फ्यु


September 9, 2023
0
Shares

काठमाडौं,२३ भदौं । सर्लाहीको मलंगवामा क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा क्षेत्रभमा दुई समुदायबीच उत्पन्न तनाव बढ्न नदिन शनिबार अपरान्ह ५ बजेदेखि आइतबार विहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

कृष्ण अष्टमीको मुर्ति बिसर्जनका क्रममा दुई समुदायबीच तनाव उत्पन्न भएको छ ।
कृष्ण जन्माष्टमीको दिन शुक्रबार साँझ मूर्ति बिसर्जनका क्रममा मलंगवाको पुरानो बसपार्क क्षेत्रमा दुई समुदायबीच झडप भएको थियो ।

झडप नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र हवाइ फायरसमेत गरेको थियो । शनिबार दिउँसो पनि झडपका घटना भएको र रातिको समयमा बढ्न सक्ने देखिएर पूर्वसावधानी अपनाएको सर्लाही प्रसासनले जनाएको छ ।

कर्फ्युको समयमा हिँडडुल गर्न र अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको छ ।

प्रतिक्रिया