२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

कस्ले हान्यो पूर्वमन्त्री महेन्द्र यादवलाई खुकुरी ?


September 6, 2023
0
Shares

काठमाडौं, २० भाद्र । पूर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधवार अपरान्ह उनीमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार भएको हो ।

नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका यादव रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिदै गर्दा एक व्यक्तिले उनीमाथि आक्रमण गरे । खुकुरीले टाउकोमा हाने । यादव प्रतिकारमा उत्रिएपछि ती व्यक्तिलाई नजिकैको प्रहरीले नियन्त्रणमा लिएको छ ।

यादवलाई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको टाउकाको पछाडि चोट लागेको छ ।

खुकुरी प्रहार गर्ने व्यक्ति नुवाकोटका श्याम सापकोटा हुन् । उनीमाथि आक्रमणको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यादव आक्रामक अभिव्यक्तिका कारण चर्चामा आइरहन्छन् । उनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेपछि आक्रोश पोख्दै आएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवा निकट महेन्द्र यादव तरुण दलका पूर्व अध्यक्ष पनि हुन् ।

सिचाईं मन्त्री भइसकेका यादवले मंसिर ४ मा भएको चुनावमा धनुषाबाट रघुवीर महासेठसँग झीनो मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया