८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

पेन्सनका लागि प्रत्येक ६ महिनामा अनिवार्य बैंकमा उपस्थित हुनुपर्ने प्रावधान परिवर्तन देखि वडाको मञ्जुरीनामालाई मान्यता दिइनुपर्ने माग


August 22, 2023
83
Shares

काठमाडौं, ५ भाद्र । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले पेन्सन लिन प्रत्येक ६ महिनामा सम्बन्धित व्यक्ति बैंकमा स्वयं उपस्थित हुनुपर्ने प्रावधानमा परिवर्तनको माग गरेको छ । परिषद्ले यसलाई अव्यवहारिक भन्दै परिवर्तनको माग गरेको हो ।

परिषद्का तर्फबाट अध्यक्ष कोमल बहादुर राउत नेतृत्वको टोलीले महालेखा नियन्त्रक हरिप्रसाद मैनालीलाई भेटी पेन्सन लिने व्यक्ति एक वर्षमा बैंकमा उपस्थित हुनुपर्ने गरी व्यवहारिक बनाउन माग गरेका हुन् ।

दुरदराजमा बसोबास भई खेती किसानी तथा विभिन्न व्यवसाय गरिरहेका सुरक्षाकर्मी एवं कर्मचारीहरु बैंकमा आफै प्रत्येक ६ महिनामा उपस्थित हुन व्यवहारिक तथा सहज नहुने भएकाले परिवर्तन आवश्यक रहेको परिषद्का प्रवक्ता हेमशंकर गिरीले बताए ।

यसैगरी, वृद्धवृद्धा, अशक्त र वैदेशिक रोजगारमा गएका पूर्व सुरक्षाकर्मी एवं कर्मचारीहरुको विषयमा स्थानीय तहको सिफारिसको साथै वडा कार्यालयबाट प्रमाणित गरेको मञ्जुरीनामाको आधारमा पेन्सन अधिकारपत्र अध्यावधिक गर्न मिल्ने गराउन समेत माग गरिएको गिरीको भनाई छ ।

प्रतिक्रिया