३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन


August 21, 2023
0
Shares

काठमाडौं,४ भदौ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ ।

आज संघीय संसदको संसदीय सुनुवाइ समितिमा श्रेष्ठले सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए । आजै उनले आफ्नो कार्ययोजना प्रस्तुत पनि गरे । त्यसपछि संसदीय सुनुवाइ समितिले उनको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो ।

सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त बाटो खुलेको छ ।

 

प्रतिक्रिया