४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सिद्धबाबा मन्दिर नजिकै गुडिरहेको जिपमाथि ढुंगा खस्यो, ३ जना घाइते


0
Shares

बुटवल,२२ साउन । सिद्धबाबा मन्दिर नजिकै गुडिरहेको जिपमाथि ढुंगा खसेर ३ जना घाइते भएका छन् । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा गुडिरहेको जिपमाथि ढुंगा खस्दा ३ जना घाइते भएका हुन् ।

सिद्धबाबा मन्दिर नजिकै बुटवलबाट पाल्पातर्फ जाँदै गरेको लु २ च २८४९ नम्बरको जिपमाथि तिनाउ गाउँपालिका–३ मा ढुंगा खस्दा चालकसहित ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते तीनैजनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याइएको छ भने उनीहरुको स्वास्थ्यवस्था सामान्य रहेको प्रहरीको भनाइ छ ।

 

प्रतिक्रिया