८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

अब बन्दिपुरको पर्यटकीय गन्तव्यबारे क्यूआर स्क्यान गरी जानकारी लिन सकिने


0
Shares

काठमाडौं, ९ साउन । अब पर्यटकिय नगरी बन्दीपुरमा उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचना सात भाषामा पढ्न र सुन्न सकिने भएको छ ।

गाउँपालिका भित्रका १७ पर्यटकीय गन्तव्यको सूचना नेपालीसहित विभिन्न ७ भाषामा तयार भएको र क्यूआर स्क्यान गरि पढ्न तथा सुन्न सकिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिनुभयो ।

ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा क्यूआर स्क्यान गरि पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच पुराउने उद्देश्यसहित सहकार्य गरिएको थापाको भनाइ छ ।

प्रतिक्रिया