१० बैशाख २०८३, बिहिबार | April 24, 2026

तीर्थयात्रा नेपालको मौलिक पर्यटकीय चिनारी


September 27, 2024
1.1k
Shares

काठमाडौं । नेपाल पवित्र धार्मिक तीर्थस्थलको सुन्दर देश हो । यहाँको समृद्ध संस्कृतिको पृथक परिचय छ । विश्वभरका लाखौं धार्मिक पर्यटक वर्षेनी नेपाल आउने गर्छन् । यसकारण नेपाललाई तीर्थस्थलका रुपमा पनि चिनिन्छ । हिन्दू र बौद्ध तीर्थस्थल दुवै रहेकाले नेपाल विश्वको आधा जनसंख्याको तीर्थस्थल हुन पुगेको हो ।

यहाँका मठमन्दिर, गुफा, स्तुपालगायतका तीर्थक्षेत्रमा वर्षेनी आउने पर्यटकले पनि नेपालको गरिमा बढाएको छ । नेपालमा विभिन्न जातजाति र समुदायले मनाउने चाडपर्वको छुट्टै विषेशता छ । यसले पनि पर्यटकहरुलाई आकर्षित गर्दछ । नेपालको समृद्ध संस्कृतिका कारण आन्तरिक तथा बाह्य पर्यटकहरु बढाउन टेवा पुगेको छ । यसले देशको अर्थतन्त्रमा टेवा पु¥याइरहेको छ ।

धार्मिक पर्यटन तथा तीर्थयात्रा संसारकै सबैभन्दा पुरानो पर्यटन मानिएको छ । नेपाल धार्मिक पर्यटनको प्रचुर सम्भावना भएको राष्ट्र हो । हिन्दू धर्मालम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, जनकपुरधाम, बराह क्षेत्र, खप्तड क्षेत्र नेपालमा छ । बौद्ध धर्मालम्बीको पवित्र तीर्थस्थल लुम्बिनी, स्वयम्भु, बौद्ध पनि नेपालमा छन् । हिन्दू र बौद्ध दुवैले तीर्थस्थलको रुपमा लिने मुक्तिनाथ, हलेसी जस्ता क्षेत्र पनि नेपालमा छ । यसले पनि नेपाल हिन्दू र बौद्ध धर्मालम्बीहरुको साझा तीर्थस्थल हो ।

धर्म,संस्कृति,परम्परा,खानपान,चाडवाड,संगीतलगायत कुराहरु मानिसहरुको चासोमा पर्छन् भने ती विषयसँग सबन्धित धार्मिक,सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक स्थल र जीवन्त संस्कृति एवं परम्पराहरु पर्यटकीय रुपमा कहिल्यै पुराना हुँदैनन् र दस्तावेजकै रुपमा पनि रहन सक्छन् । पर्यटनको महत्वका कारण अहिले पुरातात्विक,सांस्कृतिक र ऐतिहासिक स्थलहरुको खोजी र संरक्षणका काम भइरहेका छन् । त्यो सकरात्मक पक्ष हो ।

संसारका ६० प्रतिशत भन्दा बढी मानिसहरु कुनै न कुनै धर्ममा आस्था राख्छन् र उनीहरु नै धार्मिक पर्यटनको मुख्य आधार पनि हुन् । नेपालमा प्रशस्त मात्रामा धार्मिक तथा आध्यात्मिक पर्यटनका लागि लामो इतिहास बोकेका धरोहर छन् ।

नेपालमा धार्मिक तथा आध्यात्मिक पर्यटन विशेषत तीन तरिकाले विकसित हुँदै गएका छन् । पहिलो, तीर्थयात्राको दृष्टिले जस्तै पशुपतिनाथ, लुम्बिनी,मुक्तिनाथ, स्वर्गद्धारी,मनकामना,पाथिभरा,स्वर्गद्धारी आदी । दोस्रो, ध्यान योगा गर्ने दृष्टिले गुम्बा,बिहार भ्रमण । तेस्रो, ग्रामिण भेगमा रहेका होम स्टे । यसरी ३ तरिकाबाट धार्मिक पर्यटनको बिकास हुँदैछ र यसबाट राज्यको आम्दानी बढाउन सक्ने प्रचुर सम्भावना देखिन्छ ।

पुरातात्विक महत्वका कैयौं ऐतिहासिक धरोहर लोप पनि भइसकेका छन् भने केही संरक्षणको पर्खाइमा छन् । २०७२ सालको बैशाखमा गएको भुकम्पले क्षति पु¥याएका कतिपय पुरातात्विक महत्वका संरचना अझै पुनःनिर्माण हुन सकेका छैनन् भने कैंयो निर्माणधीन अवस्थामा छन् । कति त जीर्ण अवस्थामा गुज्रिएका छन् । त्यसमा अझै सरकारको आँखा परेको छैन् ।

पशुपतिनाथ मन्दिर
पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक, धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल हो । संसारमा रहेका २७५ शिवको पवित्र स्थान मध्ये यो मन्दिर एक हो । पशुपतिनाथमा मुख्य रूपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्त्वका साथ मनाइन्छ । काठमाडौँ महानगरपालिका–८ मा बागमती नदीको किनारमा अवस्थित रहेको यो मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ । सांस्कृतिक सम्पदा अन्तर्गत पर्ने पशुपतिनाथको मन्दिर युनेस्को विश्व सम्पदा क्षेत्रमा पर्दछ । काठमाडौँ उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला सङ्ग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन, सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्रको रूपमा रहेको छ । जन्म देखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ ।

पाथिभरा मन्दिर

पाथीभरा मन्दिर ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा पर्वतको शिखर नजिक अवस्थित एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा पवर्तमा उत्पन्न भएकी देवी भन्ने अर्थमा त्यहाँका देवलाइ पाथीभरा देवी भनिएको हो । परापुर्वाकालमा गाइ चराउँने गोठालाहरुले स्थापना गरेको पाथीभरा देवी थान शक्ती उपासकहरुका लागि बिशेष ठाउँ हो । यो तिर्थस्थल १२ हजार फिट उचाइमा रहेको छ । देवी पाथीभरा फुङ्गलिङबाट १९।४ कि।मी। पूर्वोत्तरतर्फ ३७९४ मी।को उचाईमा अवस्थित छ । फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरू देश तथा विदेशबाट देवीको दर्शन गर्न आउने क्रम बढ्दो छ ।

मुक्तिनाथ �

प्रतिक्रिया