१० पुस २०८१, बुधबार | December 26, 2024

सांसद विमला गौचनको बैंक खातामा बढी रकम आएपछि…


0
Shares

पोखरा, ७ साउन । गण्डकी प्रदेश सभा सांसद विमला गौचन हक्की स्वभावकी छिन् । सधै सहयोगी भावना बोकेर सक्रिय उनी दिन जान्ने नेताको रुपमा पनि चर्चित छिन् । यसपटक भने उनलाई बैंक खातामा आउनुपर्ने भन्दा बढी रकम आएकाले चिन्ता परेको छ ।

गण्डकी प्रदेश सभा सचिवालयले उनको सांसद पदवापत्को पारिश्रमिकसहित सेवा सुविधा बैंक खातामा जम्मा गरिदियो । तर, कर काटेर पनि त्यो रकम केही बढी देखियो । बिसन्तीले किन बैंक खातामा बढी रकम आयो भनी प्रदेश सभा सचिवालयमा बुझ्न पुगिन् ।

प्रदेश सभा सचिवालयले आवास सुविधा वापत् रकम पठाएको जवाफ दियो । गौचनको पोखरामा पनि घर छ । ऐन अनुसार पोखरामा घर भएका सांसदले घरभाडा वापत्को रकम बुझ्न मिल्दैन ।

गौचनले आफ्नो पोखरामा पनि घर भएको जानकारी गराइन् । प्रदेश सभा सचिवालयले म्याग्दी जिल्लाकी गौचनको पोखरामा आफ्नै घर भएको बारे जानकारी नभएकोले गल्ती भएको बताएको छ ।

गौचनले तलब वापत्को रकम पनि विभिन्न परोपकार क्षेत्रमा दिदै आएकी छिन् । म्याग्दीमा पुस्तेनी पर्यटन व्यवसायी विमला गौचनले संसद सचिवालयलाई ऐनले तोकेभन्दा बढी रकम नराख्न भनेकी छिन् । हक्की स्वभावकी गौचनले एक पैसा पनि तलमाथि नहुने गरी काम गर्न समेत भनेकी छिन् ।

नेपाली काँग्रेसमा लामो संघर्ष गरेकी विमला गौचन पहिलोपटक सांसद बनेकी हुन् । उनको म्याग्दी र आसपासका जिल्लामा समेत बलियो पकड छ ।

प्रतिक्रिया