आदिकवि भानुभक्तको आज २१०औं जन्मजयन्ती मनाइदैं
काठमाडौं,२९ असार । आज आदिकवि भानुभक्तको २१०औं जन्म जयन्तीको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइदैछ । नेपाली साहित्यकार भानुभक्त आचार्यको सम्झनामा नेपाली महिनाको असारको २९ गते एउटा उत्सवको रुपमा मनाइन्छ । भानुजयन्तीको अवसरमा गण्डकी प्रदेशले शुक्रबार सार्वजनिक विदा दिएको छ।
आचार्यले महाकाव्य रामायणलाई संस्कृतबाट नेपालीमा पहिलो पटक अनुवाद गरेका थिए । आजको दिन पर्वको क्रममा धेरैले भानुभक्तको प्रतिमामा माला हाल्ने, परेडमा सहभागी हुने र नेपाली भाषामा उनको योगदानको सम्झना गर्ने गर्दछन् ।
भानुभक्त आचार्यको जन्म २९ असार १८७१ मा तनहुँ जिल्लाको चुंडी रम्घा गाउँमा भएको थियो । आचार्यले वाल्मीकि रामायणलाई नेपाली भाषामा अनुवाद गरे, जसलाई पहिलो नेपाली महाकाव्य मानिन्छ । यसै कारणले लेखक भानुभक्त आचार्यलाई नेपालमा आदिकवि (प्रथम कवि) भनेर चिनिन्छ ।
भानु जयन्तीको अवसरमा नेपालका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ अधिकारीले नेपाली भाषामा आचार्यको योगदानको स्मरण गर्छन् । परेडमा सहभागी हुनेहरूले भानुभक्तको जयजयकार गर्दै नारा लगाउँछन्। नेपाल र भारतभरका भानुभक्तका मूर्तिमा माला लगाइन्छ ।