२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

तिनाउ नदीले खतराको तह पार गर्यो,सुरक्षित स्थानमा स्थान्तरण हुन आग्रह


0
Shares

काठमाडौं, १९ असार । बुटवलको तिनाउ नदीमा जल सतहले खतराको तह पार गरेको छ । अविरल वर्षाका कारण तिनाउ नदीले खतराको तह पारे गरेपछि संकेतस्वरुप साइरन बजाइएको छ । तिनाउ नदीले खतराको तह पार गरेको र जिल्लाका सबै स्थानीय सरकारलाई यसबारे जानकारी गराइएको मापन केन्द्रले जनाएको छ ।

बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार तिनाउमा बिहान पानीको सतह ७.२२ मिटर पुगेको छ । महाशाखाका अनुसार जल सतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ ।

केन्द्रले बिहान ९ बजेसम्म जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गइसक्न अनुरोध गरेको छ । तिनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरू दिउँसो ९ बजे सम्म सुरक्षित स्थानमा रहन केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया