३ आश्विन २०८१, बिहिबार | September 19, 2024

पाथिभरा माताले सबैको रक्षा गरुन, कस्तो रहला तपाईको आजको दिन


0
Shares

काठमाडौं, ९ असार । आज मिथुन राशिमा तर्क र बुद्धिका ग्रहहरु गोचर हुने जानकारी गराउदछौ । जसको प्रभाव सबै राशिमा पर्नेछ । आज २४ जुन २०२३ शनिबार । शनिबार सबै राशिका लागि मिश्रित रहनेछ । केही राशिका व्यक्तिहरूले आर्थिक तथा व्यापारिक क्षेत्रमा पनि फाइदा उठाउन सक्छन् भने केही राशिका व्यक्तिहरूले विवादबाट जोगिनु आवश्यक छ।

मेष राशि
आज तपाईको मन अध्यात्मतर्फ आकर्षित हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ । मन खुशीले भरिनेछ। कार्यक्षेत्रमा नयाँ उर्जाका साथ काम गर्नुहुनेछ । व्यापार–व्यवसायमा लाभ मिल्नेछ । हरेक परिस्थितिमा परिवारको साथ मिल्नेछ ।

वृष राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। कामको भीडभाडबाट आफ्नो लागि केही समय निकाल्नुहोस्। राम्रो अवस्थामा रहनुहोस्। आज कुनै पनि ठूलो लेनदेन नगर्नुहोस्। आर्थिक स्थितिमा गिरावटको अनुभूति हुनेछ। बहसबाट टाढा रहनुहोस्। बोलीमा संयम राख्नु होला । सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

मिथुन राशि
आज तपाईं वादविवादमा फस्न सक्नुहुन्छ। पारिवारिक कलहबाट टाढा रहनुहोस्। तपाईंको व्यापार साझेदारसँग वैचारिक मतभेद हुन सक्छ। व्यापारमा ठूलो जोखिम नलिनुहोस्। प्रियजनको माया वा स्नेह प्राप्त हुनेछ। नयाँ काम सुरु नगर्नुहोस्।

कर्कट राशि
आजको दिन तपाईको लागि राम्रो रहनेछ। तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारमा मांगलिक कार्यक्रमको अवसर मिल्नेछ। तपाईं आफ्नो परिवार संग बाहिर घुम्न जान सक्नुहुन्छ। व्यापार–व्यवसायमा लाभ हुनेछ । नयाँ साझेदारी सुरु गर्न सकिन्छ। श्रीमतीसँग मनमुटाव हुनसक्छ ।

सिंह राशि
आजको दिन अद्भुत रहनेछ। पारिवारिक समाजमा मान–सम्मानमा वृद्धि हुनेछ। परिचित व्यक्तिसँग भेटघाट गर्नुपर्नेछ। व्यापारमा आज कुनै ठूलो निर्णय लिन सकिनेछ। क्षेत्रमा ठूलो लगानी गर्न सकिनेछ । विरोधीबाट सचेत रहनुहोला ।

कन्या राशि
आज तपाईको चिनजानको ब्यवहारले मन खिन्न रहनेछ। तपाईको स्वास्थ्य राम्रो रहनेछ। खानपानमा ध्यान दिनुहोला । आफ्नो कार्य क्षेत्र परिवर्तन नगर्नुहोस्। आज कुनै ठुलो निर्णय नगर्नु होला अन्यथा घाटा बेहोर्नु पर्नेछ । व्यापार व्यवसायमा उतारचढाव आउनेछ । परिवारमा प्रियजनहरूसँग मतभेद हुन सक्छ।

तुला राशि
आज परिवारसँग कुनै कार्यक्रममा जान सकिनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। सामाजिक क्षेत्रमा परिचित व्यक्तिसँग वादविवाद हुनसक्छ । आज व्यापारमा ठूलो लगानी नगर्नुहोस्। सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

वृश्चिक राशि
आज परिवारसँग बाहिर कतै घुम्न जान सकिनेछ। स्वास्थ्य राम्रो रहने र मन प्रफुल्लित रहनेछ । व्यापार–व्यवसायमा नयाँ काम वा नयाँ साझेदारीको थालनी गर्न सकिनेछ । परिवारमा मांगलिक कार्यक्रम बन्न सक्छ। श्रीमतीको स्वास्थ्यमा सुधार आउनेछ ।

धनु राशि
आज जुन कामको बारेमा तपाईले लामो समयदेखि सोच्दै हुनुहुन्थ्यो, त्यो काम तपाईबाट पूरा हुनेछ। विशेष कसैलाई भेट्नुपर्छ । मन प्रफुल्लित हुनेछ। परिवारमा नजिकको व्यक्तिको स्वास्थ्य बिग्रन सक्छ। व्यापार व्यावसायमा लाभ हुनेछ र आर्थिक अवस्था मजबुत रहनेछ ।

मकर राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा गिरावट महसुस गर्नुहुनेछ। नयाँ कामको थालनी गर्ने सोचमा हुनुहुन्छ भने विपक्षीको सामना गर्नु पर्नेछ। व्यापारमा घाटा हुन सक्छ । मन चंचल रहनेछ र वादविवादबाट टाढा रहनेछ।

कुम्भ राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। परिवारमा कुनै कुरामा मनमुटाब हुन सक्छ। व्यापार–व्यवसायमा घाटा हुन सक्छ । साथै, मानिसहरूले तपाईंको काममा बाधा उत्पन्न गर्न सक्छन्। अदालतको काममा हानि हुन सक्छ।

मीन राशि
आज तपाईले आफ्नो स्वास्थ्यमा लाभ महसुस गर्नुहुनेछ। अध्यात्ममा तपाईको सम्मान रहनेछ। व्यापार–व्यवसायमा आज परिवर्तन गर्न सकिनेछ । परिवारका साथ धार्मिक यात्रामा जान सकिनेछ । तपाईंको परिवारका सदस्यहरूले तपाईंको कुनै पनि कामको विरोध गर्न सक्छन्।

प्रतिक्रिया