५ आश्विन २०८१, शनिबार | September 21, 2024

केन्द्रीय कारागारभित्र सूचना चुहाएको आरोपमा तीन दिन देखि कैदीबन्दी छोरा सम्पर्क विहीन रहेको भन्दै बुवा आए मिडियामा


0
Shares

काठमाडौं, ७ असार । केन्द्रीय कारागार जगन्नाथ देवलमा रहेका कैदीबन्दीहरुलाई जेलर र चौकीदारहरुले अमानवीय व्यवहार गर्ने गरेको तथ्य बाहिरिएको छ । कैदीबन्दीहरुका आफ्न्तले आज पत्रकार सम्मेलन गर्दै उक्त तथ्य बाहिर ल्याएका हुन् ।

जेलमा अवैध वस्तुहरु खुलम खुल्ला कारोबार हुने गरेको, कारागारभित्र लागूऔषध, चुरोट र मदिराको जबरजस्ती बेचविखन हुने गरेको कैदीबन्दीका आफन्तहरुले बताएका छन् ।

जेलर ललित बस्नेत र चौकीदार प्रभाकर नरसिंह राणालगायतको सेटिङमा कारागराभित्र अवैध वस्तु लगिने उनीहरुको आरोप छ । जेलभित्रको अवैध धन्दाको सूचनाबाहिर ल्याएको आशंकामा जेलर बस्नेत र चौकीदार राणाले कैदीबन्दीनहकूलतामाङ, शेरबहादुर तामाङ र विष्णु पाण्डेसँग पैसा असुली गरेको, कुटपिट गरेको र अर्को जेल सारिएको उनीहरुकाआफन्तले बताएका छन् ।

कैदीबन्दी विष्णु पाण्डेकाबाबु नरबहादुर पाण्डेलेआफ्नो छोरा सेन्टर जेलमा बसेको ६वर्ष भएको र अहिलेसम्म छोराले जेलर र नाईकेलाई दिन पटक–पटक घरबाट पैसा मगाएको बताए । आफूले अहिलेसम्म जेलर र नाईकेलाई दिन छोरालाई छ लाख रुपैयाँ पठाएको उनको भनाई छ । अहिले छोराको बारेमाकुनै जानकारी नभएको उनलेबताए । आफ्नो छोराको खोजखबरकालागिउनले सबैसमक्षआग्रह गरे ।

आफूले जग्गाधितो राखेर र ऋण गरेर ६लाख पैसा पठाएको उनले बताए । अहिले तीनदिनदेखि छोरालाई जेलमै बेपत्तापारिएको र छोराको अवस्थाको बारेमाकुनै जानकारी नभएको उनले बताए । उनले जेलभित्रभइरहेको उक्तअमानवीय घटनाको उचित छानविनको मागसमेत गरेका छन् । उनकाअनुसार जेलभित्रको बेथितिविरुद्ध सूचनाचुहाएको भन्दै नहकूलतामाङ, शेरबहादुर तामाङ र विष्णु पाण्डे सम्पर्कमा छैनन् ।

कारागारभित्रको गैरकानुनीधन्दातथाकालोबजारी नियन्त्रणको मागगर्दै चौकीदार प्रभाकर नरसिंह राणा, मुलनाईके रमेश भन्ने बै लामा, ठूलो बैदार प्रीतममानन्धरर जेलर ललित बस्नेतविरुद्ध कारागार विभागकालिकास्थान, अख्तियार दुरुपयोग अनुसन्धानआयोग, जिल्लाप्रशासनकार्यालय काठमाडौं र गृहमन्त्रालयमा समेत उजुरी दर्ता भएको छ ।

अवैध वस्तुको कारोबारको अलवाकारागारभित्रआन्तरिक सेटिङको आधारमा तरकारी तथा खाद्यान्न पसलले चर्को मुल्यलिई विक्रीगर्ने, कैदीबन्दीको रकमको ५० प्रतिशतभन्दा बढी रकम कमिशन लिने, मिटरव्याज उठाउने, पुलहाउस सञ्चालनतथा वेटिङमा गेम खेलाउनेजस्ता अवैध धन्दा पनि हुने गरेको उजुरीमा उल्लेख छ ।

कैदीबन्दीलाई पैसा व्याजमा लिन उकास्ने र एक सय रुपैयाँ बराबर प्रति महिनापाँच रुपैयाँ मिटरब्याज गरेको पनि उजुरीमा उल्लेख छ ।

प्रतिक्रिया