३ आश्विन २०८१, बिहिबार | September 20, 2024

आरजुको सेटिङमा देउवा गोप्य भेटका लागि सिंगापुर


0
Shares

काठमाडौं, ३१ जेठ । मध्यराति नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर उडेका छन् । मंगलवार रुखो बार भएकाले १२ कटेपछि बुधवार हुने भएकाले त्यसै अनुसार देउवा उडे । साथमा पत्नी आरजु देउवा पनि छिन् ।

देउवाको सचिवालयले नियमित स्वास्थ्य चेकजाँच भनेको छ । पेटको समस्याका देउवा एक साता सिंगापुरमा रहनेछन् । उपचार पनि हो तर त्यहाँ उनले गोप्य भेटहरु गर्ने तय छ ।

पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवाको सात पटक प्रधानमन्त्री बन्ने योग ज्योतिषले देखाइरहेका छन् । उनमा फेर पदमा पुगिहाल्ने आकांक्षा जागेको छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि काँग्रेसलाई क्षति पुग्ने काम पनि गरे । शरणार्थी प्रकरणमा देउवाका खास मान्छे भनी चिनिएका बालकृष्ण खाँण नै परे । यसले देउवालाई ठूलै असर परेको छ । प्रचण्ड सरकारमा अझै रहे देउवालाई पनि असर पर्न सक्ने निष्कर्ष उनका खास मान्छेहरुले निकालेका छन् ।

सिंगापुरमा शक्तिकेन्द्रका मान्छेहरुसँग भेट्ने गरी तयारी रहेको बुझिएको छ । देउवालाई भेट्न चाहने व्यवसायी पनि उतै डाकिएका छन् यसपटक ।

प्रतिक्रिया