५ आश्विन २०८१, शनिबार | September 21, 2024

प्युठानमा तीर्थयात्री बोकेको कार दुर्घटना, गाडीमा सवार ८ जनाकै मृत्यु


0
Shares

प्युठान, २९ जेठ । प्युठानमा तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कंदै गरेको लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीकोटमा सडकबाट खस्दा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार मृत्यु हुनेमा लमही नगरपालिका–५ का कार चालक ताराबहादुर कुमाल, गोविन्द शाह, उनकी श्रीमती राधा नेपाली र छोरा आदित्य शाह,सरिता शर्मा पोख्रेल, विशाल पोख्रेल र विकास पोख्रेल र शिशिर सुवेदीको पनि मृत्यु भएको हो ।

 

प्रतिक्रिया