४ पुस २०८१, बिहिबार | December 19, 2024

प्रचण्डले पशुपति दर्शन गरेपछि बाबुरामले उठाए प्रश्न


0
Shares

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पहिलो पटक पशुपतिनाथ मन्दिरको दर्शन गरे । पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरुले पशुपतिनाथ मन्दिर दर्शन गरेपछि कडा टिप्पणी गरेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा.बाबुराम भट्टराईले कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाँदा प्रश्न उठाउन नमिल्ने तर पुरै मन्त्रिमण्डलसहित जानेलाई राजनीतिको संज्ञा दिइने तर्क गरेका छन् ।

उनले लेखेका छन्,‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जाककदा प्रश्न उठाउन मिल्दैन; त्यो उसको निजी आस्थाको कुरा हो! तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ !’

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत,पर्यटन मन्त्री सुदन किराती,मन्त्री शक्ति बस्नेत, उद्योग मन्त्री रमेश रिजालसहित जम्बो टोली पशुपति दर्शनका लागि पुुगेको थियो । घण्टौं दर्शनार्थीहरुलाई भित्र जान रोक लगाएपछि भिड केही बेर आक्रोसित समेत भएका थिए ।

प्रतिक्रिया