३ आश्विन २०८१, बिहिबार | September 20, 2024

भगवान विष्णुले सबैको रक्षा गरुन, कस्तो होला तपाईको आजको दिन


0
Shares

काठमाडौं, १७ जेठ । आजको दिन केही राशिका लागि सकारात्मक रहन सक्छ । आजको दिन जहाँ कसैलाई व्यापारमा घाटा बेहोर्नु पर्ने हुन्छ भने कसैलाई स्वास्थ्यको चिन्ताले सताउन सक्छ ।

मेष राशि
आज तपाईको मन अध्यात्मतर्फ आकर्षित हुनेछ। धार्मिक यात्रामा जान सकिनेछ । तपाईको मन खुशीले भरिनेछ र तपाईले आफ्नो कार्य क्षेत्रमा नयाँ उर्जाका साथ काम गर्नुहुनेछ। व्यापार–व्यवसायमा लाभ मिल्नेछ । हरेक परिस्थितिमा परिवारको साथ मिल्नेछ ।

वृष राशि
यस दिन तपाई बाहिर कतै यात्रामा जान सक्नुहुन्छ, आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। अत्याधिक कामका कारण कमजोरी महसुस हुन सक्छ। तपाईको मन चञ्चल रहनेछ र तपाईले व्यापारमा विपक्षी वर्गबाट घाटा बेहोर्नु पर्नेछ।

मिथुन राशि
आज तपाईं वादविवादमा फस्न सक्नुहुन्छ। पारिवारिक कलहबाट टाढा रहनुहोस्। तपाईंको व्यापार साझेदारसँग वैचारिक मतभेद हुन सक्छ। व्यापारमा ठूलो जोखिम नलिनुहोस्। प्रियजनको माया र स्नेह प्राप्त हुनेछ। आज नयाँ काम सुरु नगर्नुहोस्।

कर्कट राशि
आज तपाईको लागि राम्रो अवसर ल्याउनेछ। व्यापारमा कुनै ठुलो काम सुरु गर्न सकिनेछ । व्यापारिक क्षेत्रमा विशेष व्यक्तिसँग भेटघाट हुनेछ । अदालतमा सफलता मिल्नेछ, परिवारमा शुभ कार्यको अवसर मिल्नेछ।

सिंह राशि
आजको दिन अद्भुत रहनेछ। पारिवारिक समाजमा मान–सम्मानमा वृद्धि हुनेछ। परिचित व्यक्तिसँग भेटघाट गर्नुपर्नेछ। आज तपाईले व्यापारमा ठूलो निर्णय लिन सक्नुहुन्छ। क्षेत्रमा ठूलो लगानी गर्न सकिनेछ । विरोधीबाट सचेत रहनुहोला ।

कन्या राशि
आज तपाईको मन अशान्त रहनेछ। व्यवसायमा सहकारी साझेदारबाट धोका पाउन सकिन्छ । आज व्यापार आदिमा कुनै ठूलो लेनदेन नगर्नुहोस् अन्यथा घाटा बेहोर्नु पर्नेछ। यदि तपाईं यात्रा आदिमा जानुहुन्छ भने, आफ्नो वाहन आदि सावधानीपूर्वक चलाउनुहोस्।

तुला राशि
आज परिवारसँग कुनै कार्यक्रममा जान सकिनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। सामाजिक क्षेत्रमा परिचित व्यक्तिसँग वादविवाद हुनसक्छ । आज व्यापारमा ठूलो लगानी नगर्नुहोस्। सवारी साधन आदि चलाउँदा सावधानी अपनाउनुहोला ।

वृश्चिक राशि
आज कुनै कामको सिलसिलामा परिवारबाट टाढा जान सकिनेछ। व्यापारमा राम्रो अवसर मिल्नेछ, मन प्रसन्न रहनेछ र परिवारका सदस्यहरूसँगको सम्बन्ध मधुर रहनेछ। तपाईको कुनै पुरानो विवादको अन्त्य हुनेछ। नयाँ घरको सवारी साधन आदि खरिद गर्न सकिनेछ।

धनु राशि
आज लामो समयदेखि सोच्दै आएको काम पूरा हुनेछ, विशेष व्यक्तिसँग भेटघाट हुनेछ, मन प्रफुल्लित हुनेछ, परिवारमा प्रियजनको स्वास्थ्य बिग्रन सक्छ, व्यापारमा लाभ हुनेछ। आर्थिक अवस्था मजबुत रहनेछ

मकर राशि
आज अलिकति सावधानीपूर्वक हिड्नु होला। यात्रा आदिमा जाँदा सवारी साधन आदि सावधानीपूर्वक चलाउने । आज कुनै नयाँ कामको थालनी नगर्नुहोस्। आज व्यापारमा ठूलो लगानी नगर्नुहोस्। परिवारमा मनमुटावको स्थिति सिर्जना हुनेछ। श्रीमतीसँग मनमुटाव हुनसक्छ ।

कुम्भ राशि
आज तपाईको स्वास्थ्य बिग्रन सक्छ। परिवारमा कुनै कुरामा मनमुटाब हुन सक्छ। व्यापार–व्यवसायमा घाटा हुन सक्छ । साथीभाइले काममा बाधा पु¥याउन सक्छन् । अदालतको काममा हानि हुन सक्छ।

मीन राशि
आजको दिन शुभ रहनेछ । तपाईको स्वास्थ्य राम्रो रहनेछ र तपाईलाई विशेष पदले सम्मानित गर्न सकिन्छ। सामाजिक क्षेत्रमा मन प्रसन्न रहनेछ । व्यापार आदिमा लाभ मिल्नेछ । आज नयाँ सवारी साधन खरिद गर्न सकिनेछ।

प्रतिक्रिया