नेपाल भ्यालुयर्स एशोसिएशन कर्णाली प्रदेशको अध्यक्षमा होमराज थापा निर्वाचित
सुर्खेत । नेपाल भ्यालुयर्स एशोसिएशन (NVA) कर्णाली प्रदेशको अध्यक्षमा इन्जिनियर होमराज थापा निर्वाचित भएका छन्।
२०८३ मंसिर १२ गते सुर्खेतमा सम्पन्न एशोसिएशनको तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशनबाट थापाको नेतृत्वमा नयाँ प्रदेश कार्यसमिति निर्वाचित भएको हो।
अधिवेशनबाट उपाध्यक्षमा इन्जिनियर चेत बोहरा, सचिवमा इन्जिनियर सुशील शाही र कोषाध्यक्षमा इन्जिनियर आशिष गौतम निर्वाचित भएका छन्।
त्यसैगरी सदस्यहरूमा इन्जिनियर शेखर तिमल्सेना, जीवन कठायत, घनश्याम शर्मा, तेज शर्मा, उत्सव बस्नेत, राजकुमार घिमिरे र टीकाराम ढकाल चयन भएका छन्।
अधिवेशनले इन्जिनियर जनक शाहीलाई वरिष्ठ सल्लाहकारको जिम्मेवारी दिएको छ। त्यस्तै सल्लाहकारमा इन्जिनियर हरि केसी, चेत अधिकारी, घनश्याम पाठक, दीपक ढकाल र महेश शर्मा चयन भएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल भ्यालुयर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष इन्जिनियर संजय महतो रहेका थिए। प्रमुख अतिथि नेपाल भ्यालुयर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष इन्जिनियर संजय महतोले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा कर्णाली प्रदेशमा संस्थागत गतिविधि र व्यावसायिक विकासका क्षेत्रमा अझ राम्रो काम गर्ने विश्वास व्यक्त गरे। उनले नयाँ नेतृत्वले संगठनलाई थप सुदृढ बनाउँदै अघि बढाउने अपेक्षासमेत व्यक्त गरे। विशेष अतिथिका रूपमा केन्द्रीय उपाध्यक्ष इन्जिनियर मनिष कर्ण र कोषाध्यक्ष इन्जिनियर सन्देश श्रेष्ठको उपस्थिति थियो।
कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष इन्जिनियर हरि केसीको अध्यक्षतामा सम्पन्न अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै प्रदेशमा मूल्यांकन पेशाको संस्थागत विकास, व्यावसायिक एकता र संगठन सुदृढीकरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





