३० भदौ २०८३, मंगलबार | September 15, 2026

ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा एक पक्राउ


September 15, 2026
83
Shares

रुपन्देही । रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ स्थित नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा तीनवटा ट्याङ्करसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार नेपाल आयल निगमका ट्याङ्करबाट डिजेल निकालिरहेको अवस्थामा करिब ३० लिटर डिजेलसहित तीनवटा ट्याङ्कर र एक जनालाई नियन्त्रणमा लिइएको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोली र वडा प्रहरी कार्यालय भैरहवाको संयुक्त टोलीले ट्याङ्करको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारेको थियो ।

सो क्रममा दुईवटा ट्याङ्कर उक्त स्थानमै फेला परेका थिए भने अर्को एक ट्याङ्कर घटनास्थलबाट भागि फरार भएकोमा प्रहरी टोलीले पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको हो ।

नियन्त्रणमा लिइएका तीनवटै ट्याङ्कर र एक जना व्यक्तिको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया