१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बाढीपीडितको राहतका लागि कृषि विकास बैंकले दियो ३ करोड


August 28, 2026
830
Shares

काठमाडौं । हालै आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि कृषि विकास बैंक लिमिटेडले ३ करोड रुपैयाँ सहयोग गरेको छ।

बैंकले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ जम्मा गरेको जनाएको छ। बैंकका अनुसार विपद्को कठिन घडीमा प्रभावित नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त योगदान गरिएको हो।

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको छ। बाढीबाट प्रभावित क्षेत्रमा अहिले उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई तीव्रता दिइएको छ।

विपद्को यस घडीमा सरकारी निकायसँगै बैंक तथा निजी क्षेत्रका संस्थाहरूले समेत राहत तथा पुनर्स्थापनाका लागि सहयोग घोषणा गरिरहेका छन्। कृषि विकास बैंकको ३ करोड रुपैयाँको सहयोगले बाढीपीडित परिवारको तत्कालीन राहत तथा पुनर्स्थापना कार्यमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्न सकिने आधिकारिक विवरणसमेत सार्वजनिक गरेको छ। बैंकले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै राहत र पुनर्स्थापनामा आफ्नो सामाजिक दायित्व निर्वाह गरेको जनाएको छ।

 

प्रतिक्रिया