११ भदौ २०८३, बिहिबार | August 27, 2026

रसुवा बाढीपीडितका लागि अनिल बोगेटीको ५० हजार सहयोग


August 27, 2026
0
Shares

काठमाडौं । रसुवामा बाढीका कारण प्रभावित बनेका परिवारको राहतमा सहयोग पुगोस् भन्ने उद्देश्यले वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष अनिल बोगेटीले ५० हजार रुपैयाँ सहयोग गरेका छन्।

बाढीले घर, सम्पत्तिसहित प्रभावित परिवारको दैनिक जीवनसमेत कठिन बनेको अवस्थामा बोगेटीले व्यक्तिगत रूपमा उक्त रकम सहयोग गरेका हुन्।

विपद्को समयमा पीडित परिवारलाई राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला बोगेटीको यो योगदानले मानवीय सहयोगको सकारात्मक सन्देश दिएको छ।

उनले आफ्नो तर्फबाट गरिएको सहयोगले बाढीपीडित परिवारलाई तत्कालको कठिन परिस्थितिमा केही राहत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया