२ भदौ २०८३, मंगलबार | August 18, 2026

धर्म, संस्कृति र राष्ट्रिय पहिचान: नेपालमा सनातन धर्मको सान्दर्भिकता


August 18, 2026
249
Shares

युवराज बस्ताकोटी ​। विश्वका अधिकांश समृद्ध र स्वाभिमानी राष्ट्रहरूको इतिहास हेर्ने हो भने धर्म केवल व्यक्तिगत आस्थामा सीमित नभई राष्ट्रिय पहिचान, संस्कृति र एकताको मूल आधार बनेको पाइन्छ। ‘देशको कुनै धर्म हुँदैन’ भन्ने आधुनिक पश्चिमी उदारवादी भाष्यलाई विश्वका प्रभावशाली र लोकतान्त्रिक मुलुकहरूले नै व्यावहारिक रूपमा अस्वीकार गरिसकेका छन्। गरिब र कमजोर देशहरूमा जे भने पनि पत्याउँछन् भन्ने अवधारणाले काम गरेर झुटो तथ्य पनि वितरण गरिने गरेको पाइन्छ ।

​संसारका विभिन्न राष्ट्रहरूले आफ्नो ऐतिहासिक र सांस्कृतिक जगलाई कानुनी वा संवैधानिक रूपमा संरक्षण गरेका छन् । ​इसाई (क्रिश्चियन) राष्ट्रहर- युरोप तथा अमेरिकाका अधिकांश देशहरू क्रिश्चियन परम्परामा आधारित छन्। बेलायत (UK) मा ‘चर्च अफ इ England ‘ राज्यको स्थापित चर्च हो, जहाँका राजा चर्चका सर्वोच्च प्रशासक हुन्छन्। ग्रीस, माल्टा, मोनाको, डेनमार्क, नर्वे र फिनल्यान्डजस्ता देशहरूले संविधानमै क्याथोलिक, अर्थोडक्स वा लुथरन (प्रोटेस्टेन्ट) इसाई धर्मलाई राज्य वा राष्ट्रिय चर्चको दर्जा दिएका छन्। अमेरिकाजस्तो धर्मनिरपेक्ष मानिने देशमा पनि राष्ट्रपतिले बाइबल छोएर शपथ लिने र डलरमा “In God We Trust” लेखिने परम्पराले त्यहाँको इसाई पहिचानलाई झल्काउँछ।

इस्लामिक राष्ट्रहरू: साउदी अरेबिया, इरान, पाकिस्तान, माल्दिभ्स लगायतका दर्जनौँ देशहरूले इस्लामलाई आफ्नो राज्य धर्म र कानुनको मूल स्रोत मानेका छन्।

​बौद्ध राष्ट्रहरू: थाइल्यान्ड, श्रीलंका, कम्बोडिया, भुटान र म्यान्मारले बौद्ध धर्म (थेरवाद तथा वज्रयान) लाई राज्य धर्म वा संविधानमा अग्रस्थान र विशेष संरक्षण दिएका छन्। ​

येहुदी राष्ट्र इजरायलले सन् २०हिर १८ मा’नेसन-स्टेट ल’ मार्फत आफूलाई स्पष्ट रूपमा येहुदी जनताको राष्ट्रिय राज्यको रूपमा स्थापित गरेको छ। यसर्थ, धर्मले राष्ट्रलाई जोड्ने, परम्परा जोगाउने र नागरिकमा अपनत्वको भावना जागृत गराउने काम गर्छ।

​नेपालको सन्दर्भ र सनातन धर्मको भूमिका
​नेपालको हकमा ‘सनातन धर्म’ (जसमा हिन्दू, बौद्ध, किराँत, प्रकृति पूजक, सिख, जैन लगायतका रैथाने परम्पराहरू समेटिन्छन्) केवल एउटा उपासना पद्धति मात्र होइन, यो यो भूभागको जीवनशैली, सभ्यता र मौलिक पहिचान हो। संस्कृति र परम्पराको संरक्षणस् सनातन धर्मले नेपालका चाडपर्व, जात्रा, कला, वास्तुकला र अमूर्त हेरिटेजलाई जीवित राखेको छ। जब राष्ट्रले आफ्नो मूल धर्मलाई पहिचान दिन्छ, तब मात्र देशको संस्कृति र सभ्यता भावी पुस्ताका लागि सुरक्षित हुन्छ।

बहुसंख्यकद्वारा अल्पसंख्यकको प्राकृतिक संरक्षणस् सनातन दर्शनको मूल मर्म नै ‘वसुधैव कुटुम्बकम्’ (संसार नै एक परिवार हो) र ‘सर्वधर्म समभाव’ हो। सनातन परम्पराले इतिहासदेखि नै सबै मत, सम्प्रदाय र अल्पसंख्यक समुदायलाई आदरका साथ संरक्षण गर्दै आएको छ। बहुसंख्यक झण्डै ९४% सनातन समाजले साना जनसंख्या भएका धार्मिक समुदायलाई सधैँ सुरक्षित र आत्मीय वातावरण प्रदान गर्छ, गर्नु पर्दछ । राष्ट्रिय एकता र अपनत्वस् साझा सांस्कृतिक र धार्मिक जगले देशवासीलाई एउटै सूत्रमा बाँध्छ। यसले भौगोलिक र सामाजिक विविधताका बाबजुद राष्ट्रिय अपनत्व कायम गर्न मद्दत गर्छ।

​स्वच्छ छवि र आचरणमा शुद्धताको आवश्यकता
​धर्मलाई राष्ट्रिय पहिचानको रूपमा स्थापित गर्नुको अर्थ संकीर्णता वा कट्टरता होइन। सनातन धर्मको वास्तविक मर्मलाई आत्मसात् गर्नका लागि आचरणमा शुद्धता र स्वच्छ छविको नेतृत्व अपरिहार्य हुन्छ। धार्मिक र राजनीतिक नेतृत्व नैतिक रूपमा चरित्रवान्, भ्रष्टाचारमुक्त, अनुशासित र उदार हुनुपर्छ। शुद्ध आचरणयुक्त नेतृत्वले मात्र धर्मका नाममा हुने विकृति, विभेद र व्यापारलाई रोक्दै सबै नागरिकलाई समेटेर लैजान सक्छ।

विश्वका समृद्ध देशहरूले आफ्नो धर्म र संस्कृतिलाई गौरवका साथ राष्ट्रिय पहिचान बनाएका छन्। नेपालले पनि आफ्नो हजारौँ वर्ष पुरानो सनातन धर्म र सभ्यतालाई राष्ट्रिय पहिचानको रूपमा स्वीकार र संरक्षण गर्नु नै मुलुकको स्वाभिमान, सांस्कृतिक निरन्तरता र दीर्घकालीन हितका लागि सबैभन्दा उपयुक्त र व्यावहारिक मार्ग हो।

प्रतिक्रिया