४ आश्विन २०८१, शुक्रबार | September 21, 2024

पक्राउ परेकाहरुको बयान सकिएपछि थुनछेक बहस


0
Shares

काठमाडौं, ११ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुको बयान आजबाट सुरु हुने भएको छ । बुधबार अदालतमा अभियोग पत्र दर्ता भएपनि पक्राउ परेकाहरुले अदालतमा फेरी बयान दिनुपर्ने भएको हो ।

सो प्रकरणमा १६ जना पक्राउ परेका छन् भने अझै १६ जना फरार छन् । पक्राउ परेकाहरुको बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । थुनछेक बहसमा सरकारी वकिल र १६ जना प्रतिवादीका कानुन व्यवसायीहरु उपस्थित हुनेछन् । बहस सकिएपछि न्यायाधीशले साधारण तारेख, धरौटी माग्ने वा कारागार चलान गर्नेमध्ये एक आदेश दिनेछन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थीको नक्कली कागजात बनाएर तेस्रो मुलुक अमेरिका पठाउने नाममा करोडौं ठगी गरेको प्रकरणमा जोडिएका ३० जनाविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो ।

पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, सचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध करिब २९ करोड रुपियाँको बिगो मागदाबीसहित नाममा २२४ पृष्ठ लामो अभियोगपत्र दर्ता भएको हो । अभियोगीहरूले २८ करोड ८१ लाख ७४ हजार ५ सय रुपियाँ संगठित रूपमा ठगी गरेको निष्कर्ष निकाल्दै मुलुकी अपराध संहिता, २०७४ को दफा २५४ बमोजिम सोहीअनुसारको बिगो मागदाबी गरिएको हो।

 

प्रतिक्रिया